आहा ! रारा पोखरा गोल्डकप माघ ९ गतेदेखि

पाेखरा | पुस १३, २०८०

आहा ! रारा पोखरा गोल्डकप माघ ९ गतेदेखि

पोखरा:   आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ।


आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै आहा राराको २३ औं संस्करण  माघ ९ गते देखि २० गतेसम्म सन्चालन गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)बाट अनुमति प्राप्त भएको जनाएका छन् ।


पोखरा रंगशालामा सन्चालन हने आहा रारामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागिता रहने बताइएको छ ।


फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई‌ हराउँदै ए डिभिजन टोली संकटा क्लबले २२औं संस्करणको आहा १ राराको उपाधि जितेको थियो। त्यति बेला विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गरेको थियो ।


प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।


पोखरा महानगरपालिकाको प्रवर्द्धन रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु।के।, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंगकंगका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ बिशेष सहयोग हुन् ।


प्रतियोगिताको अफिसियल बैंक( लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स (बुद्ध एयर रहँदै आएका छन् ्र उत्कृष्ट पांच विधाको पुरस्कार सुर्य बहादुर के।सी।को स्मृतिमा प्राजोजन गरिएको छ ।


राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् ्र म्यान अफ द म्याच ट्रफी, नगद र मेडल हरु सहारा यु।के।द्वारा सौजन्य दिँदै आएको छ ।


२३ वर्ष देखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा वचत हुने रकम सूर्य बहादुर के.सी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।


गण्डकी प्रदेश, पोखरा–१७, दोविल्लामा २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण दिदै आएको सहारा फुटबल एकेडेमीमा हाल चौथो व्याचमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् । एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै प्रतियोगिता रहेको सहाराले जनाएको छ।

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्

काठमाडौँ।  मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ।   शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेक...

थप पढ्नुहोस्

पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे ।   जिल्ला प्रहरी कार्य...

थप पढ्नुहोस्